रक्सी बिक्री व्यवस्थित गर्न मकवानपुरे सांसद बिडारीको माग

हेटौंडा । सांसद रामनारायण विडारीले मदिरा रक्सीको सेवन तथा बिक्री वितरणको कार्यलाई व्यवस्थित बनाइनुपर्ने बताएका छन् । जताततै रक्सीको बिक्री र जुन सुकै ठाउँमा बसेर त्यसको सेवन गरिने परिपाटी ठिक नरहेको भन्दै उनले त्यसमा तत्काल सुधारको कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले रक्सीकै कारण ५० प्रतिशत अपराध भइरहेको भन्दै त्यसलाई घटाउनपनि रक्सीको बिक्री वितरण र सेवनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए। ‘रक्सी मजाले खान पाइने, जतिपनि खान पाइने, जहाँ बसेरपनि खान पाइने,’ उनले भने, ‘अस्पताल होस् वा मन्दिर जहाँपनि छेवैमा रक्सीको वितरण र सेवनको कार्य भइरहेका छन्। यस्तो अवस्था अन्य देशमा छैन। नेपालमा मात्रै छ।’
अनले अन्य देशमा निश्चित उमेरका मानिसले, निश्चित स्थानबाट खरिद गरेर तोकिएकै स्थानमा रक्सी खान पाउने व्यवस्था रहेको उल्लेख गरे। उनले विदेश भ्रमणमा जाने सरकारका पदाधिकारीले त्यस्ता विषयमा किन ध्यान दिन नपुगेकोरु त्यस्तो नियम कसले बनाउने छेक्योरु भनी प्रश्न गरे। ‘बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुनेरु,’ उनले थपे, ‘कर संकलन हुन्छ भनेर एउटा सटरमा औषधी अर्कोमा रक्सी बेच्न छुट दिनेरु’
उनले २२ वर्ष उमेर नपुगेकाले औषधि किन्न नपाउने, वडा वडामा रक्सी पिउनेहरुको लिस्ट बनाउनुपर्ने, कसले कति रक्सी पिउँछ त्यसको पनि रेकर्ड राखिनुपर्ने गरी नीति ल्याउनुपर्नेमा जोड दिए। छिमेकी भारतमै रक्सी खरिद गर्ने र पिउनेको नाम लेख्ने प्रावधान रहेको भन्दै त्यसै गरी रक्सी बिक्री वितरणमा कडाइ गर्नुपर्ने माग गरे।
रक्सी जस्तै जुवातास अर्को समस्या रहेको भन्दै अपराधको धेरै बाटाहरु खोलिदिएर अपराध नियन्त्रण नहुने उनको भनाइ थियो। घरेलु हिंसा, महिला हिंसा, संगठित अपराध, रात्रिकालीन अपराधहरुमा न्यूनिकरणका लागि रक्सीको बिक्री वितरण नियन्त्रित गरिनुपर्नेमा उनको जोड थियो। इकान्तिपुरबाट ।