कांग्रेसमा १५१ जनालाई कारवाही गरिने

जनपत्र
८ श्रावण २०७६, बुधबार ०७:३१

एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १ सय ५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १ सय २८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहट र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारी गरेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरूको प्रस्तावक र सर्मथकविरुद्ध कारवाही गर्न जोड गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*