लिग कप फुटबलमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

जनपत्र
२७ पुष २०७९, बुधबार ०७:१२

लिग कप फुटबलमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज विहान सकिएको खेलमा चाल्टन एथ्लेटिकमाथि ३–० गोल अन्तरले पराजित गर्दै युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।

पछिल्लो समय उत्कृष्ट लयमा देखिएको युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले २ गोल गर्दा एन्टोनीले १ गोल थपेको थिए ।

वल्र्डटाफोर्डमा एन्टोनीले गोल गर्दै २१ औं मिनेटमा अग्रता दिलाएका थिए ।

 

दोस्रो हाफको अन्तिमसम्म त्यही १ गोलको अग्रता रहेकोमा ९० औं मिनेटमा रासफोर्डले व्यक्तिगत पहिलो गोल गर्दा युनाइटेड २–० गोल अन्तरले अघि बढेको थियो ।

यसैगरी अतिरिक्त समयमा उनै रासफोर्डले गोल गरेपछि युनाइटेड सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*