पकाएको भात बल जसरी उफ्रिएपछि…

जनपत्र
७ श्रावण २०७६, मंगलवार ०९:२१

टहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित भएका छन् । इटहरी–१०, खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।
हामीले हिजो साँझ तरहराबाट किनेर ल्याएका हौं, गीतामाया थापाले भनिन्, ‘हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसिएको पुष्टि भयो ।’ उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि उक्त चामलमा भने ढिलो पाक्ने र खाएपछि पेट दुख्ने समस्या देखिएको बताइन् । उनले खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफार्दा उफ्रिएपछि शंका लागेको बताइन् ।
‘बेलुका घरमा ल्याएर खाइयो, खाएपछि पेट दुख्यो,’ रूपक थापाले भने, अहिले हेर्दा डल्लो पर्ने र बल जसरी उफ्रने हुन्छ, प्लास्टिक मिसिएको रहेछ । उनका अनुसार खाना पकाउँदा बीचमा गिलो हुने, धेरै समयमा मात्र पाक्ने हातमा नलाग्ने हुने गरेको छ । ‘हामीले सधैं इन्द्र बस्नेतकहाँबाट किनेर ल्याउने गरेका थियौं,’ उनले भने, ‘यसपटक पनि त्यहीँबाट ल्याएको हो तर यसपटक भने बल जसरी उफ्रियो ।’

स्थानीय छिमेकी छत्रबहादुर पौडेलले आफूहरूले पहिल्यैबाट बस्नेतकहाँबाट चामल ल्याएर खाएको भए पनि त्यस्तो नभएको र अहिले भने उक्त चामल प्लास्टिक जसरी उफ्रिएपछि आफूहरू समस्यामा परेको बताए । ‘पहिला फेसबुकमा हेर्न पाइन्थ्यो अहिले प्रत्यक्ष्य देखियो,’ पौडेलले भने ।
यता, खाद्य गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बिक्रम लिम्बुले भने चामलमा प्लास्टिक हुनु सम्भव नरहेको तर्क गरे । उनले भने, ‘हामीले प्रयोगशालाको ल्याबमा टेस्ट नगरी भन्न सक्ने अवस्था हुन्न, उनले भने, यसअघि ल्याबमै चेक गर्दा पनि नेगेटिभ पाइयो ।’ उनले आफूहरूले कम्पनीमा पनि अनुगमन गर्ने बताउँदै भने, ‘जुन कुरा पाक्दैन, त्यो कुरा बनाउने किन ?’ उनले प्रश्न गर्दै भने, ‘कम्पनीले बनाउने सम्भावना कम छ, प्रयोगशालामा चेक नगरी भन्न सकिँदैन ।’

यता, खाद्य गुण नियन्त्रण कार्यालय प्रदेश १ का प्रमुख प्रमोद कोइरालाले प्लास्टिककै चामल नभएको तर्क गरे । उनले भने, ‘यसअघि पनि दमकमा यस्तै केस आएको थियो र हामीले हे¥यौं, प्लास्टिक हैन भनेर प्रमाणित भयो ।’ उनका अनुसार चामलमा मिसावट गर्ने कुरा सस्तो सामान हालिने भए पनि मिसिने चिज प्लास्टिक नै हो भनेर प्रमाणित गर्न गाह्रो हुने तर्क गरे । ’हामीले नमूना पनि हेरौँला पानीमा तैरिन्छ तावाजस्तोमा राखेर भुट्यो भने पग्लिन्छ,’ उनले भने,
‘प्लास्टिक हो भने तर लाग्छ हामी अनुगमन गर्नेछौं ।’

राजधानी डेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*