म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा
म्यानेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा प्रवेशका लागि शुक्रबार एभर्टनलाई ३–१ ले पराजित गरेको छ । हारले एभर्टनका व्यवस्थापक फ्रायन्क लाम्पार्डमाथि अझ दबाब बढेको छ ।
इंग्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा झरेयता एभर्टन ओल्ड ट्रायफोर्डको भ्रमणमा निस्केको थियो । म्यानचेस्टरका लागि एन्टोनी र मार्कस रसफोर्डले गोल गरे । अर्को गोल कर्नर कोडीको नाममा आत्मघाती रह्यो ।
खराब लयबाट गुज्रिरहेको एभर्टनका लागि कोडीले नै एक गोल फर्काएका थिए । रसफोर्डले भने लगातार पाँचौं खेलमा म्यानचेस्टरका लागि गोल गरे ।






