प्रदेश ३ मन्त्रिपरिषद बैठकको १२ वटा निर्णय

हेटौंडा । प्रदेश ३ को मन्त्रिपरिषदको बैठकले आज १२ वटा निर्णय गरेको छ । बैठकले प्रदेश सार्वजनिक खरिद नियमावली २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । त्यसैगरी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले दिएको राजिनामा स्वीकृत गर्ने मन्त्री परिषदको बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । आयोगका उपाध्यक्ष देवकोटाले असार २५ गते मुख्यमन्त्री डोरमणि पौडेल समक्ष राजिनामा बुझाउनुभएको थियो ।
यसैगरी मन्त्रीपरिषद बैठकले प्रदेशमा एघारौ तहका कर्मचारीको पदस्थापन गर्ने निर्णय गरिएको छ । स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यबिधि २०७६ स्वीकृत गरिने, द्वन्द प्रभावित परिवारलाई सहयोग गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री ढुङ्गेलले बताउनुभयो ।
मन्त्रिपरिषदको बैठकले एक बिद्यालय एक नर्ष सञ्चालन गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेश राजपत्रमा प्रकाशन निर्देशिका २०७६ स्वीकृत गरिएको छ । आर्थिक वर्ष २०७५–०६६ मा प्रदेशका स्थानीय तहलाई दमकल, एमुलेन्स, सवबहान खरिद गर्नका लागि दिइएको सर्सत्र अनुदान रकम फ्रिज नगर्ने निणय गरिएको उहाँले बताउनुभयो ।
यो अनुदान रकमबाट केही स्थानीय तहले अत्यावस्यक सवारीका साधन खरिद गरेका छन् भने केहीले खरिदको प्रकृया सुरु गरेका छन् । सबै क्षेत्रको रकम फ्रिज गर्ने तर, अत्यावस्यक सवारी साधन खरिदको रकम फ्रिज नगर्ने प्रदेश सरकारको निर्णय राम्रो भएपनि आर्थिक क्षेत्रका जानकारहरुले भने यो आथिक नियमावली भित्र नपर्ने बताएका छन् । प्रदेश सरकारले स्थानीय तहलाई अत्यावस्यक सवारीका साधन खरिद गर्न दिएको रकम खर्च नभएको पाइएमा फ्रिर्ता लिएर पछी फेरी दिनेगरी निणय गरेको भए आर्थिक नियमको बख्रीलाप नहुने प्रदेश लेखा नियन्त्रक कार्यालयका एक कर्मचारीले बताएका छन् ।
यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेश ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मनत्रालय र कृषि विकाश बैक लिमिटेड विचमा एमओयु (समझदारी) गर्ने निर्णय गरेको छ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइको समय र कार्यक्षेत्र थप गर्ने, कर्मचारी दरवन्दी थप गर्ने निणय गरिएको छ । यसैगरी प्रदेश ३ का भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको धर्म पत्नी कान्छीमायाँको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा निर्णय गरेको हो ।