महारेजकाे निर्णायक गोलमा चेल्सीविरुद्ध सिटी विजयी

जनपत्र
२२ पुष २०७९, शुक्रबार ०८:२२

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।

सिटीको रोमाञ्चक जितमा रियाद महारेजले निर्णायक गोल गरे । चेल्सीको घरेलु मैदानमा महारेजले ६३औं मिनेटमा गोल गरेका थिए । उनले ज्याक ग्रेलिसको पास सदुपयोग गर्दै गोल गर्न सफल भए ।

यो जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीले १७ खेलबाट ३९ अंक जोडेको छ । १७ खेल नै खेलेको आर्सनलको ४४ अंक छ ।

छैटौँ हार बेहोरेको चेल्सीले १७ खेलमा सातमा जित ६ मा हार र चार खेलमा बराबरी खेलेको छ । छैटौँ हारले शीर्ष चारमा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ । ऊ १७ खेलबाट २५ अंकका साथ तालिकाको १०औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*