श्रीलंकासँगको पहिलो टी-२० मा भारत २ रनले विजयी
श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत २ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । श्रीलंकाले भने सिरिजमा हारबाट सुरुवात गर्यो ।
गएराति सम्पन्न खेलमा भारतले दिएको १ लक्ष्य ६२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दासुन शानकाले ४५, कुशल मेन्डिसले २८, चमिका करुणारत्नेले अविजित २३, वानिन्दु हसरंगाले २१, चरित अशलंका १२ र भानुका राजापाक्षे १० रन बनाए ।
भारतका लागि शिवम मावीले चार, उमरान मलिक र हर्षल पटेलले दुईरदुई विकेट लिए । भारतलाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि अलराउन्डर दीपक हूडाले उत्कृष्ट अन्त्य गरे ।
२२ बलको सामना गरेका उनले चार छक्का र एक चौकाको मद्दतमा अविजित ४० रन बनाए । इशान किशनले ३७, अक्षर पटेलले अविजित ३१, कप्तान हार्दिक पाण्ड्याले २९, शुभमन गिल, सूर्यकुमार यादवले सातरसात र सञ्जु सामसनले पाँच रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगा, धनन्जय डिसिल्भा, महेश थिक्क्षणा, चमिका करुणारत्ने र दिलशान मदुशंकाले एकरएक विकेट लिए । भारत र श्रीलंकाबीचको दोस्रो टी–२० बिहीबार हुनेछ ।






