प्रेमिकालाई भेट्न भित्तो चढेर नवौं तल्ला पुग्यो युवक, पतिलाई देखेर चिप्लेर लड्यो अनि मर्‍यो

जनपत्र
६ श्रावण २०७६, सोमबार ०७:००

भारतको मुम्बईमा विवाहिता प्रेमिकालाई भेट्न एक युवक नवौं तल्लाको झ्यालमा झुण्डेर बसिरहेको थियो । अचानक उसको आँखा प्रेमिकाको पतिमा पर्‍यो । अनि उसले भित्तोबाटै तल आउन खोज्यो । तर अहिले मुम्बईमा पानी परिरहेकोले भित्तोबाट चिप्लिएर उक्त युवक भुइँमा बजारियो । घटनास्थलमै उसको मृत्यु भयो ।

प्रहरीले यसलाई दुर्घटनाका कारण भएको मृत्युका रूपमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, १९ वर्षीय युवक नियाज शेख दुई वर्षअघि बिहारबाट मुम्बई आएको थियो । ऊ आफ्नो मामासँग अग्रिपाडाको एक भवनमा १५औं तल्लामा बस्थ्यो ।

त्यसै भवनमा २४ वर्षीया एक विवाहिता पनि बस्थिन् । विवाहितासँग नियाजको प्रेमप्रसंग चलिरहेको थियो । दुई महिनाअघि मामाले नियाज महिलाको कोठामा गएको देखेपछि गाली गरेका थिए । अनि मामाको आँखा छल्न ऊ भवनको पछिल्तिरको भित्तो चढेर महिलाकहाँ जान थालेको थियो ।

मंगलवार पनि ऊ प्रेमिकालाई भेट्न नवौं तल्लामा गयो । तर प्रेमिकाको पति देखेपछि ऊ फर्किन खोज्यो । तर त्यसक्रममा ऊ चिप्लियो र तल बजारियो ।

महिलाले केही खसेको आवाज सुनिन् तर पति सँगै हुनाले सोधखोज गरिनन् ।

घटना निकै राति भएको हो । भवनको चौकीदारले साढे २ बजेतिर ट्यांकीमा पानी भर्न जाँदा भुइँमा लडिरहेको युवक देखे । उनले तत्कालै प्रहरीलाई खबर गरे । युवकलाई नायर अस्पताल लगियो । त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे । प्रहरीका अनुसार, मृत युवक ल्याब असिस्टेन्टका रूपमा काम गरिरहेका थिए ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*