मनाङ मर्स्याङ्दीको मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ
शहीद स्मारक ‘ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेको छ।
मनाङले श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको सोमबार जानकारी दिएको हो।
किरणले नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्।
‘ए’ डिभिजन लिग नजिकिदै गर्दा मनाङले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
‘ए’ डिभिजन लिग फागुन १९ गते सुरु हुँदैछ।






