बेञ्जेमाको दोहोरो गोलमा जित निकाल्दै रियल मड्रिड शीर्षस्थानमा

जनपत्र
१६ पुष २०७९, शनिबार ०७:४६

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई हराएको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले भाल्लाडोलिडमाथि २-० गोलको जित निकालेको हो।

मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल बेञ्जेमाले दोस्रो हाफमा गरेका थिए। दोस्रो हाफमा रेफ्रीको निर्णयमा वादविवाद गर्दा भालाडोलिडका सर्जियो लेओनले रेडकार्ड ब्यहोरे। ८३ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै बेन्जेमाले मड्रिडलाई अग्रता दिलाए। त्यस्तै ८९ औं मिनेटमा बेञ्जेमाले नै अर्को गोल थप्दा रियल मड्रिडले २-० गोलको जित निकाल्न सफल भयो।

जितसँगै १५ खेलबाट ३८ मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ। भालाडोलिड भने १७ अंक जोडेर तालिकाको १५ स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*