हेटौंडाको विकासका लागि एक भएर लाग्ने संघ र प्रदेश सांसदको प्रतिवद्धता (भिडियो सहित)

जनपत्र
१४ पुष २०७९, बिहीबार १६:५६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विकासका लागि एक भएर लाग्ने मकवानपुरबाट निर्वाचित संघ र प्रदेशसभाका सदस्यहरुले प्रतिवद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिका नगर कार्यालयका कार्यलयको आयोजनामा मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरुले यहाँको विकासका लागि दल भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रमका बिशिष्ट अतिथी मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले नगरको विकासमा सबै एक जुट भएर लाग्न आग्रह गर्दै आफुले यस क्षेत्रको विकासका लागि संघीय सरकारबाट पहल गर्ने वताउनुभयो । यहाँको विकासका लागि बजेटको कमी नभएको वताउँदै उहाँले भन्नुभयो–‘यहाँ बजेटको कमी छैन । तर, गुणस्तरिय काम हुन जरुरी छ । हेटौंडाको हुप्राचौरमा गौरवको आयोजना किन काम हुन सकेन समिक्षा गर्न जरुरी छ ।’ हेटौंडाको बस टर्मिनल छिटो बनाउन उहाँले निर्देशन दिनुभयो । हेटौंडा बजारको व्यवस्थित गरेर बाइपास सडक बनाउन आवस्यक रहेको वताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा निर्वाचित सा.सद इन्द्र बहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । अहिलेपनि प्रदेशसभाका सदस्यहरु हेटौंडाको राजधानी सार्न लागिरहेकाले यसलाई विकास गरेर महानगर बनाउनुपर्ने वताउनुभयो । कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को (क) का सांसद एकालाल श्रेष्ठले हेटौंडामा तत्कालिन गर्नुपर्ने काम र दिर्घकालिन कामहरु निरन्तर गर्नुपर्ने वताउनुभयो ।

विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो । मकवानपुर क्षेत्र नम्बर–१ को (क) का सांसद प्रेमबहादुर पुलामीले विकासमा सबैले एक ढिक्का भएर लाग्ने वताउनुभयो । कार्यक्रममा प्रदेशसभाको तर्फबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाँई लगायतकाले सांसदहरुलाई स्वागत गर्दै मायाँको चिनो समेत दिएका थिए । कार्यक्रममा हेटौंडाका उत्कृष्ट वडाको रुपमा काम गर्ने १४ नम्बर र १५ नम्बर वडालाईं सम्मान गरिएको छ ।यसैगरी आजै हेटौंडा उपमहानगरपालिकाको नगरसभा बैठक पनि आज भएको छ । बैठकमा चालु आर्थिक वर्षमा गरिने कामका विषयमा उपमेयर राजेश कुमार बानियाँले प्रस्तुतीकरण गर्नु भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको बजेटमा ३४ करोड रुपैयाँ वृद्धि भएको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट संशोधन गर्दै वृद्धि गरेको हो । १२ औं नगरसभाको वैठकमा उपमेयर राजेश बानियाँद्वारा प्रस्तुत संशोधित बजेट अनुसार अब उपमहानगरको बजेट ३ अर्ब ५ करोड रुपैयाँ हुने भएको छ ।

असारमा प्रस्तुत गरिएको बजेट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो । सरेर आएको योजना भुक्तानीका लागि थप बजेटसहित प्रदेश र संघबाट सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन, खानेपानीको न्यूनतम महसुल भुक्तानीलगायत विकास निर्माणका योजनाका कारण बजेट बढेको हो ।’, उपमेयर बानियाँका अनुसार डम्पिङ साइट सुधार, फोहोर व्यवस्थापन उपकरण खरिद, अटो भिलेज तथा कृषि उपज थोक बजार केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको छ ।

भिडियो हेर्न तलको लिन्क क्लीक गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*