बागमती प्रदेशसभाका १०९ जना सदस्यले लिए सपथ (भिडियो सहित)

जनपत्र
१४ पुष २०७९, बिहीबार १४:५२

हेटौंडा । बागमती प्रदेशसभा सदस्यहरुको सपथग्रहण आज भएको छ । प्रदेशसभा सचिवालयमा आज दिउसो सपथग्रहण भएको हो । बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुख सहितको उपस्थितीमा सपथग्रहण गरिएको हो ।

आज प्रदेशसभा १०९ जना सदस्यहरुलाई बागमती प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले सपथग्रहण गराउनु भएको हो । प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।

हिजो ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सपथग्रहण गरेलगतै आज अरु प्रदेशसभा सदस्यहरुले पनि सपथग्रहण गर्ने कार्यतालिका तय भएपछी आज प्रदेशसभा सचिवालयमा सपथग्रहण गरिएको हो । आजको सपथग्रहणपछी सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठवन्धनका दलहरुको तयारी रहेको छ ।

बागमती प्रदेशसभाको ११ औ अधिवेशन यही पुस १८ गते सोमबारका लागि आव्हान गरिएको छ। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको अधिवेशन पुस १८ सोमबारलाई आव्हान गरिएको हो। प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी सुचनामा उक्त कुरा उल्लेख गरिएको हो।

भिडियो हेर्न तलको लिन्क क्लीक गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*