अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार

जनपत्र
१२ पुष २०७९, मंगलवार १३:४६

काठमाण्डाै – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे ।

पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा छक्का प्रहार गर्दै भेटायाे । लुम्बिनीका लागि दक्षिण अफ्रिकाका अलराउन्डर श्याडली भान स्खलक्विकले अन्तिम बलमा छक्का प्रहार गर्दै ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले ३९ रन बनाए । बलिङतर्फ पाेखराका विपीन खत्री र कुशल मल्लले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३३ रन बनायाे । पाेखराका लागि कुशल मल्लले ६१ र श्रीलङ्काका उपुल थराङ्गाले ४२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका अलराउन्डर स्खलक्विकले तीन विकेट लिए ।

लुम्बिनी लगातार तेस्राे खेल जित्दै अङ्क तालिकाकाे शीर्ष स्थानमा छ भने लगातार तेस्राे खेल हारेकाे पाेखरा तालिकाकाे पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*