हेटौंडामा राँगा र भैसीको बध औद्योगिक क्षत्रको उद्योगमा

हेटौंडा । हेटौंडामा राँगा र भैसीको बध गर्ने काम हेटौंडा औद्योगिक क्षेत्रमा रहेकोे बफेलो क्वालिटी फूडमा गरिने भएको छ । हेटौंडामा राँगा र भैसीको बध गर्दै आएका माछा मासु व्यावसायीहरु राँगा र भैसीको काटमार वध स्थलमा सुरक्षित र सफा तरिकाले गर्नका लागि तयार भएका हुन् । यही साउन महिनाको दोस्रो हप्ता भित्रमा व्यावसायीहरु सुरक्षित तरिकाले बध गर्दै स्वस्च र सफा मासु उपभोक्तालाई खुवाउनका लागि तयार भएका हुन् ।
पशु वध स्थल व्यावस्थापन समिति हेटौंडा उपमहानगरपालिकाको बैठकमा सहभागि माछामासु व्यावसायीहरुले बफेलो क्वालिटी फूडमा जानका लागि तयार रहेको तर, त्यस अनुसारको सबै सुबिधा पुरा गर्नका लागि आग्रह गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत संरक्षक रहेको समितिको बैठकले यही साउन ७ गते भित्रमा उद्योग र माछामासु व्यावसाहीको संझौताको खाका तयार गरेर पेस गर्ने, तत्काल राँगा र भैसी त्यस उद्योगमा बध गर्ने निणय गरिएको छ ।
आम उपभोक्ताहरुलाई स्वस्च र सफा मासु खुवाउनका लागि सुरक्षित स्थानमा लगेर वध गर्न सुरु गर्ने प्रमख महतले बताउनुभयो । हेटौंडा बजार क्षेत्र र आसपासका क्षेत्रमा पशु बध गरेर जताततै दुर्घन्ध र्फलाउने कामलाई रोक्नका लागि पशुबधलाई व्यवस्थित बनाउन लागिएको हेटौंडा उपमहनागरपालिकाका उपप्रमुख तथा समितिका संयोजक मिना कुमारी लामाले बताउनुभयो ।