हेटौंडा–१० मा यसरी हुँदै छ विकास

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा विकासका कामले गति लिन थालेको छ । यस वडामै बसपार्क समेत पर्ने भएकाले देशैभरीना नागरिक यस वडा भएर ओहोर दोहोर गर्छन ।
वसपार्क क्षेत्र सुन्दर बनाइएमा बाइपास भएर ओहोर दोहोर गर्ने देशैभरीका नागरिकले हेटौंडालाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । यहाँको सुन्दरतामा चासो दिइएन भने बसपार्क क्षेत्रलाई हेरेर हेटौंडा उपमहानगरपालिका भरीको मुल्याङकन गर्न सकिन्छ ।
हेटौंडाको वाइपास सडक अब कुनैपनि स्थानमा कच्ची नराख्ने र निर्माण हुँदै गरेको बस टर्मिनल पनि छिटो निर्माण गर्ने तयारीमा उपमहानगरपालिका रहेको छ । यता बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले निर्माण गर्ने भनेको टिसिएनरोडको सडक निर्माणको काममा खासै चासो दिइएको छैन ।
हेटौंडा १० को वडा कार्यालयलय यसलाई छिटो निर्माण गर्नका लागि दवाव पनि दिइरहेको छ । यसैसरोफेरोमा रहेर हेटौंडा–१० का वडा अध्यक्ष फूर्वा दोर्जे लामासंग हामिले कुराकानी गरेका छौं ।
कुराकानी सुन्नका लागि तलको भिडियो लिन्कमा क्लीक गरौ ।