‘भिमफेदीमा हरेक क्षेत्रको विकासमा एक कदम अगाडी छौ’

भिमफेदी मकवानपुर जिल्लाको पुरानो सदरमुकाम, यहाँको विकास निर्माणको लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?
जिल्लाको सदरमुकाम भएपनि यो विकासमा धेरै पछाडी छ । हुन त यो धेरै पहिलेको सदरमुकाम हो । तत्कालिन सदरमुकाम हुँदाको भौतिक संरचनाहरु अहिले ऐतिहासिक धरोहरको रुपमा रहेका छन् ।
कुरा रह्यो विकास निर्माणका योजनाहरुको । विकास निर्माणको लागि हामीले भौतिक तथा सामाजिक विकासको लागि छुट्टाछुट्टै गरी प्राथमिकिकरण गरेका छौ । भौतिक विकासमात्रै विकासको पूर्ण रुप हैन तर यो पनि अपरहार्य छ । हामीले यस अन्तरगत शिक्षा, स्वास्थ्य, विजुलीबत्ति, सडक सञ्जाललाई विशेष प्राथमिकता दिएका छौ । साथै पर्यटन, कृषि,सञ्चार जस्ता क्षत्रलाई पनि समेटेर विकासमा फड्को मार्ने योजना बनाएका छौ ।
आर्थिक विकासको लागि ‘एक घर एक टनेल’ अभियान अघि सारेका छौ । सबै कृषकहरुलाई केही न केही व्यवसायमा लाग्नको लागि यो अभियानले प्रेरित गर्ने छ । कृषिलाई व्यवसायिकिकरण, यान्त्रिकरण,आधुनिकिकरण गर्दै अगाडी बढ्ने योजनाहरु छन् । माटो हावापानी हेरेर युवाहरुलाई कृषि, पशुपालन, सिप विकास, व्यवसायिकिकरण गर्दै आत्म निर्भर बनाउने योजनाहरु छन् । भिमफेदी गाउपालिकाको अघोर, नामटार, सुपिड्ड जस्ता क्षेत्रहरु तरकारी तथा फलफूलको लागि अति राम्रो संम्भाव्यता भएको क्षेत्र हो ।
कृषिमा पनि व्यवसायिक तरकारी खेती संगसंगै पशुपालन र त्यसमा पनि विशेषगरी बाख्रापालनका लागि अत्यन्त उपयुक्त ठाउँ भएका कारणले यो वर्ष प्रदेश सरकार र हाम्रो संयुक्त लगानीमा यहाँ धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने र व्यवसायिक बाख्रापालनको माध्यमबाट मासुमा कमसेकम आत्मनिर्भर गाउँपालिका र निर्यात गर्नसक्ने गाउँपालिकाका रुपमा विकास गर्नका लागि मासु उत्पादन गर्नेहरुलाई हामीले प्रोत्साहन गर्छौ ।
उत्पादित मासुलाई बेच्दा पनि किलोको दश रुपैयाका दरले मासुमा इन्सेन्टिभ दिने योजना बनाएका छौ । सरकारले दूधमा अहिले एक रुपैया दिइरहेको छ त्यस्तैगरी हामीले मासुमा १० रुपिया दिने योना बनाएका छौ । कार्यविधी अनुसार सञ्चालन हुने फर्महरु, व्यवसायिक संस्थाहरुले मासुमा प्रतिकेजी दश रुपैया इन्सेन्टिभ दिएर मासुमा आत्मनिर्भर मात्र होइन, देशलाई नै मासु निर्यात गर्नसक्ने बनाउँने योजना छ । पन्ध्र अर्बकोको मासु भारत र चीनबाट आयात गरिरहेको सन्दर्भमा यसले सघाउ पु¥याउँछ भन्ने मान्यतामा हामी अगाडी बढिरहेका छौ ।यि र यस्तै संम्भाव्यता अनुसारको लगानी गर्ने र आर्थिक विकासमा अगाडी बढ्ने योजनाहरु छन् ।
आर्थिक वर्ष ०७६/७७ का लागि हामीले ५२ करोड ९८ लाख रुपैयाको बजेट निर्माण गरेका छौं । हाम्रो स्थानीय तह अथवा नेपालकै कन्टेस्टलाई हेर्ने हो भने पूर्वाधारलाई विशेष जोड दिइएको देखिन्छ । तर भीमफेदी गाउँपालिकाको सन्दर्भमा पूर्वाधार संगसंगै यस पटक हामीले सामाजिक विकास र आर्थिक विकासलाई विशेष जोड दिएका छौं । गत आर्थिक वर्ष भन्दा हामीले तेब्बर बढी सामाजिक विकास र आर्थिक विकासका लागि बजेट विनियोजन गरेका छौं । विपद् व्यवस्थापन तथा सुशासन प्रबर्धनका लागि पनि हामीले प्राथमिकता दिएका छौं ।
विकास भनेको खाली भौतिक पूर्वाधारमात्र पनि होइन । नेपाल सरकारले अन्तराष्ट्रिय मञ्चहरुमा प्रतिबद्घता गरेको दिगो विकासको लक्ष्य हासिल गर्ने विषयहरुलाई पनि हाम्रो बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसैले दिगो विकासको लक्ष्य हासिल गर्ने सन्दर्भमा हाम्रो बजेटले यस्ता चीजहरुलाई सम्बोधन गर्नुपर्छ । जुन सामाजिक र आर्थिक विकासमा पर्छन् । त्यो भएर हामीले यो क्षेत्रमा बढी प्राथमिकता दिएका छौं ।
स्वास्थ्य र शिक्षाका कस्ता कार्यक्रम बनाउनुभएको छ ?
स्वस्थ कार्यक्रम अन्तरगत चेपाङलाई स्वास्थ बिमा कार्यक्रम छ । यो वर्षबाट हामीले प्यालिटिभ केयर कार्यक्रम ल्याएका छौ । यसअन्तरगत वृद्धावस्थाका नागरिकहरूलाई मासिक रुपमा घरमै पुगेर स्वास्थ परिक्षण गर्ने कार्यक्रम छ । हामीले घर घरमै पुगेर स्वास्थ परिक्षण मात्रै गर्दैनौ, उहाँहरुको स्वास्थमा दीर्घरोग भएको पत्तालागेमा पाटन स्वास्थ बिज्ञान प्रतिस्ठानसंगको सहकार्यमा निगरानी र उपचार सेवा पनि दिन्छौ । सन्दर्भमा कुरा गर्ने हो भने हामीले सुत्केरी महिला र गर्भवति महिलाहरुका लागि सुरक्षा गर्ने, उहाँहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि छन् ।
यसैगरी शिक्षा कार्यक्रम अन्तरगत पनि योजनाहरु छन् ।सबै सामुदायिक बिद्यालयहरुमा नयाँ बिधिको पढाइ सुरु गरेका छौ । यसलाई हामिले ‘स्मार्ट विधि’ भनेका छौ । निजि स्कुलमा हुने गुणस्तरभन्दा कुनैपनी हालतमा सामुदायिक स्कुलको गुणस्तर कम नहोस भनेर हामीले ‘टिचिड्ड मास्टर मेथर्ड’ लागू गरेका छौ । नियमित अनुगमन, शिक्षकको कमि भएमा त्यसको पदपूर्ति जस्ता काम नियमित गर्दै आएका छौ ।
शिक्षाको पाटोमा अनुगमनलाई व्यवस्थित गर्ने संगसंगै अन्तराष्ट्रिय स्तरको पढाई जापान देखि चाइनामा हेर्ने हो भने शिक्षा धेरै अगाडी छ । यसका लागि हामीले पनि नेपाल सरकारले स्वीकृति दिएको पाठ्यक्रम स्मार्ट एजुकेशन सिस्टम र टिचिङ मास्टर कार्यक्रम हामीले सबै सामुदायिक विद्यालयहरुमा यो वर्ष सुरु गर्दैछौं । यो हाम्रो लागि चुनौतीपूर्ण छ, विल्कुल नयाँ अभ्यास गरेका हौं हामीले ।
किनभने सामुदायिक विद्यालयमै त्यो स्तरको पढाई गर्नुपर्छ भनेर हामी सरकारले स्वीकृती दिएको नयाँ पाठ्यक्रम लागू गराउँनका लागि हामी लागिरहेका छौं । सामुदायिक स्कुलमा सिसि क्यामरा राखेर हामीले त्यहाँ(स्कुलस्कुलको कक्षा) को शिक्षण गतिविधि पालिका मै बसेर निगरानी गर्ने गरेका छौ । यी मध्ये केही कार्यक्रमहरु लागू भैसकेका छन् केहि भाबिदिनमा लाग्नु हुने चरणमा छन् ।
यो गाउपालिका पर्यटनको लागि पनि राम्रै संभावना भएको गाउँपालिका हो,पर्यटन प्रबद्र्धनको केही योजना ?
हो, भिमफेदी गाउपालिका ऐतिहासिक धरोहरले सम्पन्न छ । नेपालमा राणाकालका जंगबहादुर राणादेखि बेलायती महरानी एलिजा बेथले सिकार खेल्दा प्रयोग गरेका हौदाहरु यहि छन् । यहाँको हात्तिसार (हैदा संग्रहालय) सबैभन्दा महत्तपुर्ण एतिहासिक सम्पदा हो । यसको संरक्षण र प्रबद्र्धनको लाग ९० लाख बजेट छुट्याएका छौ ।
यसैगरी यहाँको चिसापानी गढी अर्को ऐतिहासिक किल्ला छ । झिरघारिको मैत्री बगैंचा, ईपाको प्राकृतिक पौडी पोखरी हाम्रा पर्यटकीय क्षेत्रहरू छन् । त्यस्तै मैत्रीबगैंचा, त्रिखण्डी, भीमफेदीको भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिर यी सबैलाई प्रबद्र्घन गर्न हामी सक्छौं । यसबाट हामी आयआर्जन गर्न सक्छौं । स्थानीय तहले एउटा खोलालाई व्यवस्थापन गरेर भीमफेदी गाउँपालिकाको कोगटे र इपाको सिमामा रहेको एउटा पौडी पोखरीबाट हामीले वार्षिक साँढे ४ लाख रुपैया आम्दानी गरिरहेका छौं । यिनिहरुको ब्यवस्थापन र प्रचारप्रसारको लागि हामीले केही साना ठुला योजनाहरु बनाएका छौ ।
बिजुली तथा सडक सन्जालको पाटोमा कस्ता योजनाहरु छन् ?
बिजुलिको कुरो बडो बिडम्बनापुर्ण छ । हाम्रै गाउपालिका भित्र ३ वटा राष्ट्रिय स्तरका जलविद्युत आयोजनाहरु छन् ।देशको कयौ कुना काप्चामा यहाँबाट बिजुली पुगेको छ,तर यहि पालिकाको केही यस्ता क्षेत्रहरु छन जहाँ टुकि बत्ती कै साहरा छ ।
कुलेखानी जलविद्युत आयोजनाको ३ वटै पावर हाउस यहि पालिका भित्र छ तर यहि पालिकाको धार्के, बर्देउ, महाबिर जस्ता क्षेत्रमा बिजुली नै पुगेको छैन । कतिपय स्थानमा बिजुली पुगेको भएपनी एकदमै जिर्ण काठेपोलहरु छन् । जुनसुकै समयमा दुर्घटना हुने संभावना छ । बर्सेनि यस्ता दुर्घटनामा मृत्यु समेत हुनेगरेको छ । हामीले यो आर्थिक बर्ष भित्र गाउँपालिकालाई काठेपोल मुक्त बनाउने योजना लिएका छौ । झन्डै ३ हजार वटा काठेपोल बिस्थापन गर्नुपर्ने छ । २ सयभन्दा बढिघरहरुमा बिजुली पु¥याउनु पर्ने । यी योजनाको लागि पालिकाले १ करोड बजेट छुट्याइएको छ । हामीलाई बिद्युत प्राधिकरणको पनि सहयोग आवश्यक छ ।
यसैगरी खानेपानीको ब्यवस्थापन गर्ने,नयाँ बन्ने सरकारी भौतिक संरचनाहरुलाई अपाड्डमैत्री बनाउने, अपाड्डता भएकाहरुलाई सीप र ब्यवसाय मार्फत आत्म निर्भर बनाउने, वडा–वडा र गाउँ–गाउँसम्म सडक सञ्जाल पु¥याउने जस्ता कार्यक्रम छन ।
स्थानियस्तरमा कानून निर्माण र कार्यन्वनमा केही समस्या छन् कि ?
समस्या छ । प्रदेश र संघीय सरकारले बनाएर पठाउनुपर्ने कानुन, ऐन, तथा कार्यबिधिहरु अझै प्रष्टसंग आएका छैनन् । सामुदायिक बिद्यालय, स्थानीय प्राकृतिक स्रोत साधन जस्ता कुरामा अझै प्रदेश र संघ सरकारबीचको बिवादले स्थानीय तह अलमलमा नै छ । त्यसले हामिलाई समस्या छ, प्रदेश र संघसंग बाझीने गरि कानून बनाउन पनि नमिल्ने, त्यसैले हामी पनि अन्यौलमा नै छौ । यद्यपि हामीले ९ वटा कानुन बनाएर कार्यन्वयनमा ल्याएका छौ । सामाजिक कुरिती उन्मुलन गर्ने, बालबिवाह रोक्ने जस्ता समाज सुधारक कानूनहरु बनाएका छौ ।
गाउपालिकाको आर्थिक पारदर्शिताको लागि के के गर्नुहुन्छ ?
सबै वडा वडामा सार्वजनिक सुनुवाइ हुन्छ । गाउपालिका स्वयमले पनि सार्वजनिक सुनुवाइ गर्छ । बिकास निर्माणकार्यमा जनसहभागितालाई अनिवार्य गरेका छौ । उनिहरुलाई आर्थिक पारदर्शिताको लागि सहजीकरण गरेका छौ ।
तपाईंको पालिकामा नेतृत्व प्रदान गर्दैगर्दा जनताको साथ,सहभागिता चै कस्तो पाउनु भएको छ ?
उहिले मनमोहनको पालामा आफ्नो गाउँ आफैं बनाऔ भन्दा जस्तो जनसहभागिता जुट्थ्यो त्यो खालको सहभागिता त कहि पनि संभावना छैन । लामो समय जनप्रतिनिधि नभएको अवस्थामा गाबिस सचीवहरुले सर्वदलीय संयन्त्रमार्फत काम चलाएको अवस्था जनतालाई बानी परिसकेको छ ।
बिगतमा सर्वदलीय संयन्त्रको भरमा काम गर्ने परिपाटीले थिति बिगारेको छ,त्यसलाई सच्याउने चुनौती छ । त्यो बानी हटाउन समय लाग्छ । आफ्नो तहमा हुने बिकासमा आफूलेपनी श्रमदान गर्नुपर्छ भन्ने जागरण ल्याउन नै चुनौती छ अहिले । हामी जुन भ्याकुम पिरियडमा आएका छौ,यो भ्याकुम पुर्नको लागिपनी केही समय लाग्छ । हामी लागिपरेका छौ सुधार हुदैछ । हामीले संझाईबुझाई गर्ने गर्दा गर्दैपनी जनसहभागिता बड्दो छ ।
चुनावताका गर्नुभएको बाचा जनताका सामू पुरा गर्नुभयो त ?
धेरै बाचाहरु पुरा भएका छन् । केही पुरा हुने क्रममा छन् । विकासको क्रम त राणाकाल, पञ्चायत, बहुदलीय व्यवस्थामा पनि भएको हो । विकास निरन्तर प्रकृया हो । सकिने भन्ने हुँदैन । मान्छेको आवश्यकता अनुसार विकास चलिरहन्छ । हाम्रो आधारभूत आवश्यकता के हो त्यसलाई सम्बोधन गर्दैै लैजानु पर्छ हामी त्यौ गरिरहेका छौ ।
अन्तिममा हामीले गर्ने भनेको जनताको प्रतिव्यक्ति आय बढाउने, जनताको आयु बढाउने, शिक्षा विकास गर्ने तथा व्यवसायिक शिक्षालाई प्रबद्र्धन गर्ने, व्यवसायिक शिक्षालाई बढी जोड दिनका लागि हामीले अहिले दुई वटा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छौं ।
कृषि र इलेक्ट्रिक सव इञ्जिनियरको काम पनि हामीले सञ्चालन गरिरहेका छौं । व्यवसायिक ढंगले शिक्षामा जोड दिने साथसाथै स्वास्थ्यका लागि प्रत्येक वडामा आधारभुत सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना छ । यि यस्तै बाचा थिए, लगभग पुरा हुँदैछन् यसो भन्दैमा मेरो जिम्मेवारी सकियो भन्न खोजेको हैन । झनै धेरै गर्न बाँकी छ जनताको लागि, भिमफेदी गाउँपालिकाको लागि ।