सामाजिक कामबाट उदाएका वडा अध्यक्ष शुशिलको नेतृत्वमा हेटौंडा–५ मा कसरी हुँदै छ विकास ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा अहिले विकासका कामले झनै तिब्र गति लिएका छन् । सामाजिक क्षेत्रको कामबाट उदाएका वडा अध्यक्ष शुशिल घिमिरेको नेतृत्वमा धेरै राम्रा र सफल कामको सुरुवात भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा विकासका धेरै कामको सुरुवत भइसकेका छन् ।
सामाजिक क्षेत्रमा आफै परिश्रम गरेर काम गर्दै आएका घिमिरे अझै पनि धेरै काम गरेर देखाउने सोचमा छन् । हेटौंडा–५ मा पीप्ले रंगशाला निर्माण गरेर चर्चामा आएका घिमिरे अहिले जनप्रतिनिधी भएपछी पनि उत्तिकै सामाजिक क्षेत्रमा सक्रिय छन् । विकास निर्माणका कामहरु त छदैछ । कुलतमा लागेका युवाहरुलाई खेल क्षेत्रमा प्रवेश गराउनका लागि अहिले उनको मुख्य जोड छ ।
वडा अध्यक्ष घिमिलेलाई मुख्य रुपमा सहयोग गर्दै छन् वडा सदस्य तथा हेटौंडा उपमहानगरपालिका न्यायीक समितिका सदस्य ज्ञानु बहादुर थापा । उनी पनि बिहान देखि बेलुका सम्म वडा र उपमहानगरपालिकाको काममा व्यस्त रहेका छन् । वडा सदस्यमा दोस्रो कार्यकालका रुपमा काम गर्दै आएका थापा पहिले र अहिले धेरैजसो कार्यबाहक वडा अध्यक्षका रुपमा सबैजसो जिम्मेवारी लिएर काम गर्दै छन् । यसै सेरोफेरोमा रहेर हामिले हेटौंडा–५ का वडा अध्यक्ष घिमिरे र वडा सदस्य थापासंग कुराकानी गरेका छौं ।