नेयमारले मेस्सीलाई दिए बधाई

जनपत्र
४ पुष २०७९, सोमबार ०७:५४

ब्राजिलका चर्चित खेलाडी नेयमारले गएराति सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत मेस्सीलाई बधाई दिएका हुन् ।

मेस्सीले ट्रफी चुमेको तस्बिर राख्दै नेयमारले लेखेका छन, ‘बधाई छ ब्रदर मेस्सी ।’ अर्जेन्टिनाले गएराति लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको हो ।

उपाधि दिलाउने क्रममा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे ।

फ्रान्सका लागि भने केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी भने पेनाल्टीमा गोल गर्न चुके ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*