इन्जो फर्नान्डेज बने विश्वकपको उत्कृष्ट युवा खेलाडी

जनपत्र
४ पुष २०७९, सोमबार ०७:११

अर्जेन्टिनाका इन्जो फर्नान्डेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन्। जारी विश्वकपमा उनले १ गोल गरेका थिए।

२११ वर्षीय फर्नान्डेजले समूह चरणको दोस्रो खेलमा मेक्सिकोविरुद्ध गोल गरेका थिए। जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो।
विश्वकपमा उनले ७ खेल खेलेका थिए।

सेन्टर मिडफिल्डर उनी व्यवसायीक फुटबल भने बेनिफिकाबाट खेल्छन्। अन्य अवार्ड पनि अर्जेन्टिनाकै बर्चश्व रहेको छ।

गोल्डेन बल कप्तान लियोनल मेस्सीले जिते भने उत्कृष्ट गोल रक्षक अर्जेन्टिनाकै इमिलियानो मार्टिनेज बने। अर्जेन्टिनाले ३६ वर्ष पछि विश्वकपको उपाधि जितेको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*