धनगढी विस्फोट अपडेट :घटनास्थलबाट हतियार बरामद, घाइते एक जनाको ज्यान गयो

कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।
बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ । विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।