अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल

जनपत्र
३ श्रावण २०७६, शुक्रबार ०६:०६

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए बिहीबार मध्यराति नै पेट्रोलियम पदार्थ नेपाल आइसकेको हुनेछ ।
नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक मोतिहारीबाट डिजेल पठाइएको हो । सो पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा खस्ने व्यवस्था मिलाइएको छ । अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो ।

मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल अमलेखगन्जमा आइसकेपछि प्रशोधन गरिनेछ । पानी र तेल छुट्टाएपछि डिपोमा राखिनेछ । यसका लागि चारवटा ट्यांकीलाई तयारी अवस्थामा राखिएको छ । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*