विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो

जनपत्र
२८ मंसिर २०७९, बुधबार ०६:५४

गएराति क्रोएसियाविरुद्ध एक गोल गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले केही रेकर्ड बनाएका छन् भने केही रेकर्डमा बराबरी गरेका छन्।

मेस्सीले केही रेकर्ड तोड्दै र केही नयाँ रेकर्ड बनाउँदै गर्दा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनल प्रवेश गरेको छ।

सेमिफाइनलमा अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए। क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।
विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। यो गोल गरेसँगै मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका छन्।

त्यसैगरी मेस्सीले क्रोएसियाविरुद्धको खेल खेलेसँगै विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन्।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमानमा बराबरी गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*