ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

जनपत्र
२५ मंसिर २०७९, आईतवार ०७:२८

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्। ब्राजिल कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्।

annapurna post

‘म शान्ति चाहन्छु। त्यसैले प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिएँ’, ६१ वर्षीय टिटेले भनेका छन्, ‘प्रतियोगिता अघि मैले आफ्नो परवाह गरिनँ। टोलीकै बारेमा सोचें। यो मेरा लागि दर्दनाक हार हो। त्यसैले म शान्ति चाहन्छु।’ शुक्रबार राति दोहाको एजुकेसन सिटी रंगशालामा भएको खेलमा पाँच पटकको विजेता ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो।

टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका जितेको थियो। टिटेले ब्राजिललाई ८१ खेलमध्ये ६० खेलमा जित दिलाएका छन्। जसमा ब्राजिलले सात खेलमा मात्र हार बेहोरेको थियो।

टिटेले आफू केही समय फुटबलबाट टाढा बस्न चाहेको बताउँदै खेलमा जित र हार एउटा चक्र भएको बताए। ‘खेलमा जित र हार हुन्छन्। यो एउटा चक्र पनि हो’, उनले भनेका छन्, ‘तर, क्रोएसियासँगको हार बास्तवमै दर्दनाक छ। म केही समय एकान्तमा बसेर यसलाई भुल्न चाहन्छु।’

उनले आफू अहिले ब्राजिलको टोलीमा नरहेको प्रष्ट पार्दै भविष्यको कुरा भविष्यले नै तय गर्ने बताए।

उनले आफू अहिले ब्राजिलको टोलीमा नरहेको प्रष्ट पार्दै भविष्यको कुरा भविष्यले नै तय गर्ने बताए। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*