विप्लव नेतृत्वको नेकपाले लगायो सरकारी नम्बर प्लेटका गाडीमाथि प्रतिबन्ध

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०६:२६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाएको छ । आज सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र कथित जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा तिनै जनप्रतिनिधिहरु जनहत्यारा अभियानमा सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जनाइएको छ । उक्त निर्णयविरुद्ध काम गरेमा जनकार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*