स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

जनपत्र
२१ मंसिर २०७९, बुधबार ०६:२६

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो।

निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती तीन पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी सदुपयोग गर्दै ३-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केही राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो। गोलरहित बराबरी भएपछि जारी विश्वकपको नकआउट चरणमा दोस्रोपटक खेल अतिरिक्त समयमा धकेलिन पुग्यो। तर अतिरिक्त समयमा पनि गोल निस्किन नसक्दा दोस्रो पटक पेनाल्टी सुटआउटबाट क्वाटरफाइनल पुग्ने टिमको तय भएको हो।

मोरक्को विरुद्धको खेलमा ७४ प्रतिशत खेल पोसेसनमा राखेपनि स्पेनले गोल गर्न भने सकेन। स्पेनले कुल ७ सट प्रहार गर्दा मोरक्कोले ४ सट प्रहार गरेको थियो। जसमा दुबै टिमले समान १(१ सटमात्र टार्गेटमा राखेका थिए।

मोरक्कोले पोर्चुगल र स्विट्जरल्यान्डबिचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*