प्रदेश ३ आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजिनामा

देवकोटाले दिएको राजिनामा पाँच दिन सम्म गुपचुप राखियो, असन्तुष्टीलाई निकास दिइएन ।
जनपत्र
३१ असार २०७६, मंगलवार ०८:०८

हेटौंडा । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिनु भएको पुष्टी भएको छ । असार २५ गतेनै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई राजिनामा दिएको भएपनि दुबै जनाले यसबिषयमा कुरा बाहिर नल्याउने सहमती भएको थियो । तर, आज टेलिफोनमा कुरा गर्दै उपाध्यक्ष देवकोटाले आफुले राजिनामा दिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष देवकोटाले दिएको राजिनामा मुख्यमन्त्री कार्यालयमा पुगेको थिएन । अरुलाई पनि जानकारी गराइएको थिएन । आफुले दिएको राजिनामा अव फिर्ता नलिने भनेपछी उपाध्यक्ष देवकोटाले राजिनामा दिएको भनेर पुष्टी भएको हो । आफुले अरु कुनैपनि कारण नभइकन ब्यक्तिगत कारणले राजिनामा दिएको देवकोटाको भनाई छ ।

राजिनामा दिएको कुरालाई ५ दिन सम्म गोप्य रुपमा राखेर भित्रभित्रै समस्याको समाधान निकाल्ने तयारी थियो । तर, जुन समस्याबाट राजिनामा दिएको हो त्यो समस्या समाधान नभएपछी उपाध्यक्ष देवकोटाले राजिनामा दिएको राजिनामा फिर्ता नलिने मुख्यमनत्री पौडेललाई स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष देवकोटाले ब्यक्तिगत कारण देखाएर राजिनामा दिएपनि बजेटका बिषयमा धेरैखालका असन्तुष्टी भएको बुझिएको छ । उहाँका असन्तुष्टीको समाधान गर्नका लागि दिएको राजिनामा पनि गोप्य राखिएको थियो । तर, मुख्यमन्त्री पौडेलको यसबिषयमा कुनै जोड बल नपुगेपछी ६ दिन अगाडी दिएको राजिनामा बल्ल बाहिर आएको हो ।

नीति तथा योजना आयोगलाई सुन्यको अवस्थाबाट अहिलेको अवस्था सम्म ल्याएकाले आयोगको उपाध्यक्षबाट राजिनामा दिएको उहाँले बताउनुभयो । प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा सुन्यको अवस्थाबाट अहिलेको अवस्था सम्म ल्याउनका लागि उपाध्यक्ष देवकोटाको नेतृत्वमा धेरै काम भएका छन् ।

डाक्टर देवकोटाले भन्नुभयो–‘निकै कठिन अवस्थाबाट नीति तथा योजना आयोगलाई अहिलेको अवस्था सम्म ल्याए । पहिले आयोगका सदस्यहरु पनि थोरै थियौं । अहिले सदस्यहरु पनि पर्याप्त हुनुहुन्छ । कर्मचारी पहिले एक जनाबाट सुरु गरे पनि पर्याप्त छन् । अब म नहुँदा पनि आयोगको काम राम्रो संग चल्छ त्यसैले राजिनामा दिएको हुँ ।’

मुख्यमन्त्री डोरमणि पौडेल चिनबाट हेटौंडा फर्केर आउने बित्तकै उपाध्यक्ष देवकोटाले राजीनामा दिने विषयमा जानकारी गराइ सक्नुभएको थियो । सभामुख सानु कुमार श्रेष्ठ, मुख्यमनत्री पौडेलको रोहबरमा राजिनामा दिने जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*