मेसी ‘गोल्डेन बुट’ विजेताको समूहमा

जनपत्र
१८ मंसिर २०७९, आईतवार ०७:०८

अर्जेन्टिनी स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखे।

शनिबार राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे। जारी विश्वकपमा यो उनको तेस्रो गोल थियो।

उनले समूह चरणको खेलमा साउदी अरेबियाविरूद्ध पेनाल्टी र मेक्सिकोविरूद्ध पनि गोल गरेका थिए। पोल्याण्डसँगको खेलमा पेनाल्टीको अवसर प्राप्त गरे पनि गोल गर्नबाट चुकेका थिए।

अहिले गोल्डेन बुटको सूचीमा फ्रान्सका केलियन एम्बाप्पे, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड उनी बराबर ३ गोल गरेर अगाडि छन्। इक्वेडरका इकेर भ्यालेन्सियाले पनि ३ गोल गरेका थिए तर उनको टिम समूह चरणबाट बाहिरिसकेको छ।

सन् २०१४ को विश्वकपमा मेसीले गोल्डेन बल जितेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*