फिफा विश्वकपको खेलमा अर्जेन्टिना विजयी

जनपत्र
११ मंसिर २०७९, आईतवार ०६:३९

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको पहिलो हाफमा बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जीत सुनिश्चित गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*