क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात

जनपत्र
८ मंसिर २०७९, बिहीबार ०७:००

कतार विश्वकपमा क्यानडालाई पराजित गर्दै बेल्जियमले विजयी सुरुआत गरेको छ।

बुधबार राति अहमद बिन अलि स्टेडियममा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितका लागि मिसी बात्सुयीले गोल गरे।

खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा उनले निर्णायक गोल गरेका हुन्। त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो।

खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले बचाउ गरेका थिए।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*