अमेरिका र वेल्सले अंक बाँडे

जनपत्र
६ मंसिर २०७९, मंगलवार ०७:०५

विश्वकपको समूह ‘बी’अन्तर्गत सोमबार राति भएको खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। कतारको अल रेयान रंगशालामा भएको खेलको ३६ औं मिनेटमा टिमोथी वेहाले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदासम्म १–० ले पछि परेको वेल्सले अन्तिम समयमा पुनरागमन गर्‍यो। अमेरिकी डिफेन्डर वाल्कर जिमरम्यानले वेल्सका कप्तान ग्यारेथ बेलमाथि खराब फाउल गरेपछि पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सलाई कप्तान बेलले हारबाट जोगाए।

सोमबार राति नै भएको समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्डले इरानलाई ६–२ गोलको नतिजामा पराजित गरेको थियो। अमेरिकाले दोस्रो खेलमा शनिबार इङ्ल्यान्डको सामना गर्नेछ भने वेल्सले शुक्रबार इरानसँग खेल्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*