सबैभन्दा ठूलो शत्रु, सबैभन्दा ठूलो मित्र

जनपत्र
२९ असार २०७६, आईतवार ०६:२०

कस्लाइ हो शत्रु भनेर जान्नू
आफ्ना दशै इन्द्रिय शत्रु मान्नू।
कसलाइ खुब् मित्र भनेर मान्नू
जीत्या तिनै इन्द्रिय मित्र जान्नू।।

दरिद्र नाऊँ नरमा छ कस्को
विशाल तृष्णा घरमा छ जस्को।
कन् हो धनी सब् नरले कह्याको
सन्तोषले जो छ खुसी रह्याको।।

जिउँदै मर् याको भनि नाम् छ कस्को
उद्यम् विना बित्तछ काल जस्को।
अमृत–सरी कुन् छ भन्या निराशा
पाशा कऊन् हुन् ममतै छ पाशा।।

कौनै वखतमा पनि क्या नगर्नू
पाप्का अगाडि कहिल्यै नसर्नू।
विद्वान् पुरुषले कति काम नगर्नू
स्वधर्म थामीकन शास्त्र पढ्नु।।
(आदिकवि भानुभक्त आचार्यको ४९ श्लाेकको प्रश्नोत्तरमालाबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*