वर्षापछिको विपदः १९ जनाको मृत्यु, ८ बेपत्ता

जनपत्र
२८ असार २०७६, शनिबार ०६:१८

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

थापाका अनुसार प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*