बागमतीमा भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी
बागमती । बागमती गाउँपालिकामा आयोजित वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ४ ‘बी’ ले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पराजित गरेको हो । जितका लागि जर्सी नम्बर ७ का शंकर घलानले गरेको गोल नै अन्तिम निर्णायक बन्न पुग्यो ।
प्रतियोगिताको उपाधी जितेसंगै वडा नम्बर ४ ‘बी’ ले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्धितिय भएका वडा नम्बर ३ ले नगद २५ हजारसहित शिल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट गोलकर्ताको रुपमा वडा नम्बर ४ ‘बी’ कै ३ जनाले जनही एक हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ ‘बी’ कै उमेश पाख्रिन उत्कृष्ट गोल किपर भए भने सर्वोत्कृष्ट खेलाडी भिम बज्यु घोषित भएका छन् ।
कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले खेल क्षेत्रको विकास हेतु हरेक वडातह बाट खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिका र प्रदेश सरकार मिलेर खेलाडी प्रोत्साहन कार्यक्रम ल्याउने पनि बताउनुभयो ।






