रोहित बने नेपाली क्रिकेट टोलीको कप्तान, यूएईसँगको सिरिजका लागि नेपाली टिममा कोको?

जनपत्र
२६ कार्तिक २०७९, शनिबार ०६:५१

नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन्। पूर्वकप्तान सन्दीप लामिछाने नावालिक बलात्कार प्रकरणमा तानिएपछि नेपाल क्रिकेट संघले उनलाई टिमबाट निलम्बित गरेको थियो। यो सँगै आउँदै गरेको यूएईसँगको एकदिवसीय सिरिज अघि क्यानले पौडेललाई नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो। यसअघि उपकप्तानको भूमिकाका रहेका पौडेलले केन्यासँगको एकदिवसीय अभ्यास सिरिजमा नेपालको कप्तानी गरेका थिए।

क्यानले पौडेलको कप्तानीमा यूएईसँग एकदिवसीय सिरिजका लागि नेपाली टोलीको समेत घोषणा गरेको छ। यूएई सिरिजका लागि क्यानले घोषणा गरेको टोलीमा हरिशंकर शाहले पहिलो पटक स्थान बनाउँदा कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल र गुलसन झाले टिममा पुनरागमन गरेका छन्। नेपालले यूएईसँग कात्तिक २८, ३० र मंशिर २ गते काठमाडौंमा खेल्दैछ।

युएईविरुद्धको सिरिजका लागि नेपाली टोली

रोहित पौडेल ९कप्तान०, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद, गुलसन झा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*