सम्बन्धविच्छेद विना नै ५ पतिकी पत्नी एमिलीको छैठौंसँग ‘लभ’ चक्कर !

लगातार ५ पुरुषसँग विवाह गरेकी एक महिलाले छैठौंसँग ‘लभ’ शुरू गरेकी छन् । ब्रिटेनकी एमिली हनेले सम्बन्धविच्छेद विना नै ५ पुरुषसँग विवाह गरिसकेकी थिइन् । जसले गर्दा उनले जेल समेत जानुपरेको थियो ।
अब उनी छैठौंसँग लभ चक्करमा परेकी छन् । अस्पतालमा भेटिएका ४३ वर्षीय वेन हार्पर र एमिलीले एकअर्कालाई मन पराएका थिए ।
४३ वर्षीया एमिलीले ५ पतिमध्ये कसैसँग पनि सम्बन्धविच्छेद गरेकी छैनन् । १८ वर्षको उमेरमा उनले पहिलो विवाह गरेकी थिइन् तर ३ महिनापछि विवाहमा खटपट आएको थियो ।