सलाहको सानदार प्रदर्शनमा टोटेनहममाथि लिभरपुलको जित, म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित

जनपत्र
२१ कार्तिक २०७९, सोमबार ०८:१७

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्पर लिभरपुलसँग पराजित भएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुल १(२ गोलअन्तरले विजयी भएको हो।

खेलको ११ औं मिनेटमै डार्विन नुनेजको पास मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता बनाएको थियो। लिभरपुलको दोस्रो गोल पनि मोहम्मद सलाहले नै ४० औं मिनेटमा गरे। पहिलो हाफमा दुई गोलले पछि परेको टोटेनहमका लागि ७० औं मिनेटमा ह्यारी केनले गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड एस्टोनभिल्लासँग पराजित भयो। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा युनाइटेड ३(१ गोलअन्तरले पराजित भएको हो। खेलको ७ औं मिनेटमा लिओन बेइलेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ११ औं मिनेटमा लुकास डिग्ने र ४९ औं मिनेटमा ज्याकोब राम्सेले गोल गर्दै एस्टोन भिल्लाको जित सुनिश्चित गरे। अर्कोतर्फ ४५ औं मिनेटमा ज्याकोबले गरेको आत्मघाती गोल युनाइटेडका लागि सान्त्वना गोल बन्यो।

योसँगै १४ खेलबाट २६ अंक जोडेको टोटेनहम अंकतालिकाको चौथो स्थानमा रहँदा १३ खेलबाट २३ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ। जितसँगै लिभरपुल १९ अंक जोडेर ८ औं स्थानमा उक्लिँदा १५ अंक जोडेको एस्टोन भिल्ला १३ औं स्थानमा उक्लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*