विना प्रतिस्पर्धा ठेक्का दिने गरी सरकारले खोल्यो ‘ठेकेदार कम्पनी’, सबै पूर्वाधारको काम गर्ने

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:४२

सरकारले आफ्नै निर्माण कम्पनी खोलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार कम्पनी रजिष्ट्ररको कार्यालयबाट निर्माण सम्वन्धी काम गर्ने कम्पनी दर्ता गरेर प्रमाणपत्र लिएको छ।  नेपाल पुर्वाधार निर्माण कम्पनी नामाकरण गरिएको कम्पनीले रजिष्ट्रार कार्यालयबाट दर्ता नम्बर २१८६३३ पाएको छ।
विकास निर्माणको क्षेत्रमा हुँदै आएको ढिलाईलाई रोक्न सरकारले आफ्नै कम्पनी स्थापना गर्न लागेको भौतिकका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए। विकास निर्माणका काममा सरकारी सहभागिता बढाउन लागि कम्पनी दर्ता गरिएको बताइएको छ। मन्त्रालयका अनुसार संस्थापकमा भौतिक, अर्थ, उर्जा, जलस्रोत तथा सिंचाई,शहरी विकास गरी चारवटा मन्त्रालय रहनेछन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*