प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई २ सय ८३ रनको लक्ष्य, अर्जुन र रोहितको अर्धशतक

जनपत्र
१८ कार्तिक २०७९, शुक्रबार १३:३३

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आर्मीले सुदूरपश्चिमलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनायो । उसको लागि अर्जुन साउदले ७३ र रोहित पौडेलले ५२ रन बनाए । अर्जुनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । रोहितले भने ५१ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक बनाए ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ र हेमन्त धामीले १ विकेट लिए । आर्मी दोस्रो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम पहिलो जित निकाल्न चाहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*