प्रतिबन्धपछि विप्लव समूहका ८ मारिए

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:३१

सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्। भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्। काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो। प्रतिबन्धयताको अबधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्। २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविििधमा प्रतिबन्ध लगाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*