मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार

जनपत्र
२५ असार २०७६, बुधबार ०९:३०

हेटौंडा । मकवानपुरमा खोलाले बगाएका चार जना र पहिरोमा पुरीएका एक जनाको उद्धार गरिएको छ । हेटौँडाको राप्ती खोलाले बगाएका चारै जनालाई दुई स्थानबाट उद्धार गरिएको हो । खोलाले बगाएका एक जना महिलालाई रापती पुलमुनीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

आज विहान खोलाले बगाएका मध्य तीन जनालाई बगेकै स्थानबाट उद्धार गरिएको र अर्का एक जनालाई खोलाले बगाएको धेरै तलबाट उद्धार गरिएको उहाँले बताउनुभयो । यसैगरी मकवापनुर गढी गाउँपालिका वडानम्बर २ जितपुर भन्ज्याङ्गमा पहिरोमा पुरीएका एक जनालाई पनि उद्धार गरिएको छ । आज बिहान पौने ७ बजेतीर घरमाथीबाट लडेको पहिरोले पुरेर घाईते भएका चितवन भरतपुर १ घर भएको २१ ब्र्षिय प्रबोध भण्डारीलाई उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*