टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारत ५ विकेटले पराजित

जनपत्र
१४ कार्तिक २०७९, सोमबार ०६:५९

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग भारत ५ विकेटले पराजित भएको छ।

अष्ट्रेलियाको पर्थमा भारतले पहिले व्याटिङ गरुदै दिएको १३४ रनको चुनौती दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो।

दक्षिण अफ्रिकालाई जिताउने क्रममा अर्धशतकीय योगदान दिएका डेभिड मिलरले अविजित ५६ रन बनाए।

भारतलाई हराउने क्रममा एडिन मार्क्रमले पनि ५२ रनको अर्धशतकीय इनिङको योगदान दिए। तर कप्तान टेम्बा बाभुमा केवल १० रनमै पबेलियन फर्किए।

पराजितत भएको भारतका अश्रदीप सिंहले २ विकेट लिए। मोहमद सामी, रविचन्द्र आश्विन र हार्दिक पाण्ड्याले १-१ विकेट झारे।

भारतले पहिले व्याटिङ गर्दै पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १३३ रनको सामान्य योगफल बनाएको थियो।

भारतको योगफल सयभन्दा माथि लैजाने क्रममा क्रिज एक्लै लामो समय टिकेका सूर्यकुमार यादवले ६८ रन बनाए। तर अन्य खेलाडी जम्न सकेनन्।

कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन मात्रै बनाउन सकेन। अरु ६ व्याट्म्यानले दोहोरो स्कोर गर्नै सकेनन्।

उता दक्षिण अफ्रिकाकोतर्फबाट लुङ्गी एनजिडीले ४ विकेट झारे। त्यस्तै वाएन प्रनिलको नाममा ३ विकेट रह्यो

भारतलाई हराएपछि दक्षिण अफ्रिका समूह २ को शीर्ष स्थानमा पुगेको छ। ऊसँग अब ३ खेलबाट ५ अंक भएको छ। पराजित भारत ४ अंकसहित दोस्रो स्थाना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*