सुशासनसहितको समृद्ध गाउँपालिका निर्माणमा जोड दिएका छौं–गढी गाउँपालिका अध्यक्ष हुमागाईं

गाउँपालिकामा कृषि पकेट क्षेत्र पहिचानसहित कार्यक्रम तर्जुमा गरी आत्मनिर्भरताको बाटोतर्फ अघि बढ्न मकवानपुरगढीका निर्वाचित प्रतिनिधिहरू एकजुट भएर लागिपरेका छन् । यसका साथै जनताका घरदैलोमा जनसेवाका काम पु¥याउन प्रतिनिधि स्वयं र कर्मचारीको कामसमेत ठोस गरी वडावडामा पुग्ने गरेका छन् । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार आदि योजना र कार्यक्रम कार्यान्वयनका लागि खटिरहेका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंसँग पालिकाको समग्र विकास निर्माण, सम्भावना र चुनौतीमा केन्द्रित रही सरिता दाहालले गरेको कुराकानीको सम्पादित अंश :
आगामी आर्थिक वर्षको लागि नयाँ बजेट, नीति तथा कार्यक्रम ल्याउनु भएको छ । कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु भयो ?
गाउँपालिकाको आवश्यकता हेरेर हामीले प्राथमिकताको क्षेत्र निर्धारण गरेका छौ । सबैभन्दा पहिलो प्राथमिकताका कृषिलाई राखेका छौ ।
कृषिः कृषिको पकेट क्षेत्र पहिचान र निर्धारण गरेका छौ । यस गाउँपालिका अन्तरगत साविकको बुढीचौर गाविस, आमभञ्ज्याड्ड गाविस, सुकौरा गाविस तथा गढी गाविसमा छुट्टाछुट्टै कृषि उपजहरुको संभाव्यता छ । हामीले यि क्षेत्रमा सोही संभाव्यता अनुसारको पकेट क्षेत्र निर्धारण तथा लगानी गर्ने सोच बनाएका छौ ।
यि साविक गाविसहरुमा केही प्रयाप्त केराको संभावना छ, कही कागति, कहि किवि त कहि च्याउको उच्च संभाव्यता छ, भने कही प्रसस्तै तरकारीको लागि उपयुक्त क्षत्र छन्् । हामीले माटो र हावापानी अनुसारको कृषि पकेट क्षेत्रको रुपमा विकासमा लागि योजनाहरु बनाएका छौ । यसैगरी कृषकलाई कृषिमा आकर्षित गर्न पहिलो बानि पार्ने र विस्तारै कृषिमा लगाव बढाउँदै व्यवसायिकीकरणतर्फ लैजाने कार्यक्रम ल्याएका छौ । विस्तारै व्यवसायतिर अभ्यास्त पार्ने हाम्रो भावि योजना हो । यस अन्तरगत हामीले कृषिलाई व्यवसायिकरण, यान्त्रिकरण गर्ने योजनाहरु बनाएका छौ ।
‘घरघरमा काम हात हातमा दाम’ भन्ने नारा सहित विपन्न वर्गलाई २÷५ वटा कुखुरा बाख्रा, करेसाबारीको तरकारी खेतिको लागि गर्ने सहयोग एकातिर छन् भने, विशाल विशाल टनेल तरकारी खेति, गाई फार्म, कुखुरा मार्फ नै सञ्चालन गर्नेहरुलाई पनि हामीले सोही अनुसारको अनुदान तथा प्रोत्साहनको कार्यक्रम ल्याएका छौ । यसैगरी अन्नबालिको लागि नयाँ विउ विजिकरणका कार्यक्रम रहेका छन् । पशुपालक किसानको लागि दाना उद्योग सञ्चालनको योजनाहरु बनाएका छौ । गाउँपालिकामा दाना उद्योग सञ्चालन गर्ने कच्चा पदार्थ समेत गाउँपालिकामै उत्पादन गर्ने जस्ता वृहत योजनको कार्यक्रमहरु रहेका छन । यसका लागि प्रदेश सरकार र स्थानीय सहकारीहरुबाट झण्डै २ करोड बजेट समेत छुट्याइ सकिएको छ ।
शिक्षाः शिक्षा विकासको लागि पनि हामीले केही प्रभावकारी कार्यक्रमहरु ल्याएका छौ । सानासाना नानिबाबुले भोको पेटका सिक्न र बुझ्न सक्दैनन् भनेर हामीले दिवा खाजाको व्यवस्था गरेका छौ । गाउँपालिका भरीका सबै ४० वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि हामीले दिवा खाजा दिएर कक्षामा टिकाउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आगामी बर्षबाट लागु हुने गरी १ करोड बजेट छुटयाएका छौ । हर वडामा एउटा मावि र गाउपालिकाभित्र एउटा क्याम्पस सञ्चालन गर्ने योजना अनुरुपको कामहरु अगाडी बढाएका छौ । शिक्षाको गुणस्तर उकास्न शिक्षकहरुलाई तालिम प्रदान गर्ने, नियमित अनुगमन गर्ने, शिक्षक अपुग भएको स्थानमा स्थानीय राहत दरबन्दी निर्माण गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छौ ।
स्वास्थ्य ः स्वास्थ्यको लागि पनि हामीले महत्वकाक्षि योजनाहरु बनाएका छौ । महिलामाथिको परिवार योजनाको बोझ घटाउन हामीले पुरुष बन्ध्याकरणलाई प्रेरित गर्ने लक्ष्य लिएका छौ । यस अन्तरगत स्थायी बन्ध्यकरण गरेर प्रमाण सहित आउने पुरुषलाई हामीले १ हजार ५ सय रुपियाँ पोषण भक्ताको व्यवस्था गरेका छौ । महिलालाई सुरक्षित प्रसुति सेवाको लागि अनमी घरभेट कार्यक्रम ल्याएका छौ । पहिलो पटक स्वास्थ्य संस्थामा जचाँउन गएपछि ति गर्भवतिलाई घरैमा पुगेर गर्भ अवधिमा कम्तिमा २ पटक अनमिले घरभेट गरेर स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य अवस्थाबारे जानकारी, आवश्यक परामर्श गर्ने कार्यक्रम छ । यसैगरी गाउँपालिकामा १५ शैयाको अस्पताल, हरेका वडामा आधारभूत स्वास्थ्य इकाइ, खोप केन्द्र व्यवस्थापन, स्वास्थ्य बच्चा प्रतिष्पर्धा कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखेका छौ ।
यसैगरी गाउँपालिकाको सबै वडा तथा गाउँ र टोलमा बाटो नभएको स्थानमा ट्रयाक ओपन गर्ने भएको स्थानका बाटाहरु स्ल्याब गर्ने योजनाहरु छन्, सबैजसो स्थानमा विजुली बक्तिको सुविधा पुगेको छ, तर स्तर उन्नति गर्नु जरुरी छ, अब ति विजुली बक्तिहरुको स्तर उन्नति पनि गरिने छ । झोर्लुड्डे पुलहरु, पक्कि पुलहरु निर्माण गर्ने कार्यक्रमहरु पनि प्राथमिकता मै छन् । झण्डै २२ करोड बजेटको पुलहरु बन्ने योजनामा छन् । यो प्रदेश तथा संघीय सरकारबाट आएको बजेट हो ।
आफ्नो कार्यकालको भावि योजनाहरु के के छन् ?
‘सुशासनसहितको समृद्ध गाउँपालिकम’ निर्माण गर्ने हाम्रो भावि योजना हो । यसको लागि आधार मेरो कार्याकालमा बन्ने छ । हामीले यसको लागि आवधिक योजना समेत बनाएका छौ । मकवानपुर जिल्लामा कुनै पनि स्थानीय निकायले आफ्नो आवधिक योजना बनाएको मैले पाएको छैन । हामीले बनाएका छौ । अबको २५ वर्षमा मकवानपुर गढी गाउँपालिका कस्तो हुने भन्ने आवधिक योजना हामीले बनाएका छौ । यसको लागि आगामी ५ वर्ष अर्थात् अब ३ वर्ष बाँकी छ । यो समयमा के के सम्म गर्ने भन्ने योजनाहरु पनि हामीले बनाएका छौ । यसले हामीलाई दिनदिनै हिड्ने बाटो तय गरेको छ । हाम्रो गाउँपालिका भित्र अहिले २५ प्रतिशत गरिवि छ यसलाई हामीले ११ प्रतिशतमा झार्ने लक्ष्य लिएका छौ । यसैगरी शिक्षा स्वास्थ्य, स्वरोजगारको लागि पनि हामीसंग लक्ष्य र योजनाहरु छन् ।
आफू निर्वाचित भएर आएपछि आफूले गरेको र आफैं सन्तुष्टि भएको केही प्रगतिका कामहरु संझना केही त्यस्ता कार्यक्रमहरु छन् ?
छन् थुपै्र छन् । स्वास्थ्य क्षत्रमा वडा–वडामा आधारभूत स्वास्थ्य इकाइ व्यवस्थापन गर्न सक्यौ, शिक्षाको लागि घरघरमा पुगेर अवस्था पहिचान गर्न सक्यौ, बाटोको स्थायित्व गर्न सक्यौ । सबैभन्दा ठूलो समस्याको रुपमा रहेको पिउने पानीको समस्या लगभग समाधानको चरणमा पुग्न लागेका छौ । कृषिलाई व्यवस्थित गर्न आधार तय गर्न सक्यौ, र सबैभन्दा ठूलो हामीले आफ्नो गाउपालिकाको विकास र आगामी भविष्यमा कहाँ पुग्ने भनेर आवधिक योजना बनाउन सक्यौ यि विभिन्न कार्य गर्न सक्यौ, हामी पूर्ण सन्तुष्टि छौ ।
स्थानीय न्यायिक इजलाश खडा गर्ने कानून निर्माण गर्ने तर्फ के कस्ता प्रगति तथा समस्या छन् ?
हामीलाई स्थानीय रुपमा केही कानून बनाउने अधिकार दिएको भएपनि त्यो पूर्ण छैन भन्ने हामीले आभाष गरेका छौ । साझा अधिकारका कानूनहरु केन्द्रले बनाइदिनु पर्नेमा आजसम्म त्यो प्रक्रिया अगाडी नबढेको कारण हामीलाई समस्या छ । जुन केन्द्रबाट ड्राफको रुपमा हामीकहाँ आनुपथ्र्यो, त्यो आएकै छैन । प्राकृतिक स्रोत साधान माथिको अधिकार पूर्ण रुपमाले हामीले नपाउँदा पनी समस्या भएको छ हामीलाई । अरु अरु स्थानीय झै झगडा मिलाउने, सुशासन कामय गर्ने जस्ता प्रकारका कानून निर्माण अन्तरगत केही समस्या छैनन् हामीले यो बीचमा २२ वटा कानून निर्माण गरेका छौ ।
प्रदेश तथा केन्द्र सरकारको सहयोग समन्वय कस्तो पाउनु भएको छ ?
संघीयताको मर्म अनुसारको प्रयाप्त सहयोग तथा समन्वय त भएजस्तो लाग्दैन । तै पनि केही सहयोग समन्वय छ । हामीले राखेका सबै अपेक्षाहरुको पुर्ति नभएपनि केही पुरा भएको छ । प्राकृतिक स्रोत साधनको कुरामा स्थानीय सरकारले पाउनु पर्ने अधिकार नपाएको कारण पनी हामीलाई विकास निर्माणलगायतको काममा समस्या छ । यसमा हाम्रो पूर्ण अधिकार नुहँदा हामी स्थानीय निकायहरु आयमा बलियो हुन सकेका छौनौ, जसले गर्दा हामीले हाम्रो जनताको जनअपेक्षा अनुसारको काम गर्न सकेको छैनौ । केही भने सहयोग छ । मैले माथि भनेको पक्की तथा पुल तथा झेलुड्डे पूलको लागि हामीलाई केन्द्र तथा प्रदेश सरकारकै सहयोग छ । जसबाट हाम्रो गाउँपालिकाका अत्यधिक बासिन्दाको समस्या सम्बोधन हुदैंछ ।
आफ्नो नेतृत्वमा काम गरिरहदा चुनौति के कस्ता भोग्दै आउनु भएको छ ? विकास निर्माणमा स्थानीय जनताको जनसहभागिता कस्तो पाउनु भएको छ ?
हामी आयमा बलियो हुन नसक्दा केही समस्याहरु छन् । जुन मैले माथि पनि भनिसके । कुरा रह्यो जनसहभागिताकोः स्थानीय जनताको सहयोग सहकार्य विना विकास निर्माण गर्न सकिन्न, गरेपनि त्यो दीगो हुँदैन । हाम्रो गाउँपालिकाम विकास निर्माणमा जनसहभागीता राम्रै छ । जनताहरु कर नतिरीकन बस्न पाए हुने भन्छन् हामी कर (पैसा) बीना विकास गर्न सक्दैनौ । जनताको चाहना ‘कर पनि नतिर्ने र विकास पनि चाहिने’ हुन्छ । यो चाहना पुरा गर्न चाँही हामीलाई चुनौति छ । यसकोलागि हामीले जनतालाई विकास निर्माण हाम्रै हो, भनेर विकास प्रति अपनत्व र जिम्मेवारी जगाउनु पर्ने चुनौति छ । हामी लगातार यस्ता कायममा पनि लागि परिरहेका छौ र विकासमा अगाडी बढीरहेका छौ ।आजको राजधानी दैनिकमा सरिता दाहालले गरेको कुराकानी हामिले साभार गरेका हौं ।