बन्द मासु पसल खोल्न उपमहानगरपालिकाको निर्देशन

जनपत्र
२५ असार २०७६, बुधबार ०७:३०

हेटौंडा । बन्द रहेका मासु पसलहरु तत्काल खोल्नका लागि हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको छ । तीन दिन अगाडी देखि उपभोक्तालाई समस्यामा पार्नेगरी बन्द गरिएको मासु पसल खोल्नका लागि निर्देशन दिइएको हो । हेटौंडा उपमहानगरपालिका स्तरको उपभोक्ता हित संरक्षण समितिको बैठकले पहिलेकै अवस्थामा मासु पसल संचालन गर्नका लागि निर्देशन दिएको छ ।

उपप्रमुख मिना कुमारी लामाको संयोजकत्वमा बसेको बैठकले आम उपभोक्ताले प्रयोग गर्ने मासुको बेचबिखन गर्नका लागि बैठकले निणय गरेको छ । मूल्य निर्धारणको बिषय आपसी छलफलबाट मात्र निकास निकाल्न सकिने भएकाले पसल खोलेर बार्तामा आउनका लागि उपप्रमुख लामाले आग्रह गर्नुभएको छ । दैनिक जसो उपभोग गर्ने मासु पसल बिना जानकारी बन्द गरेको प्रति समितिले ध्यानकर्षण भएको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*