गण्डकी प्रदेश सरकारले साउनबाट विषादी परीक्षण सुरू गर्ने

जनपत्र
२५ असार २०७६, बुधबार ०६:२१

गतशुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  मातृकाप्रसाद यादवको प्रस्तावमा नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो। असार २ मा विषादी परीक्षण गर्ने निर्णय गरिएको भए पनि विषादी परीक्षण गर्न पूर्वाधार अभावको कारण देखाउँदै निर्णय उल्ट्याइएको हो। सरकारले गत शुक्रबार उक्त निर्णबाट पछि हट्दै गर्दा नेपालका मुख्य शहरहरुमा रहेका विषादी अवशेष परीक्षण प्रयेगशालाहरू भने कर्मचारीको आभावमा बन्द थिए।  काठमाडौंको कालिमाटीबाहेक रुपन्देहीको बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ कार्यालय राखिएको छ तर कर्मचारी अभावले यी प्रयोगशाला बन्द हुँदा भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्न नसकेपछि नेपाल सरकारले आफ्नै निर्णय उल्टाउनु परेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*