नगर प्रमुखद्वारा आफ्नै घरको परिसरमा डोजर

जनपत्र
२५ असार २०७६, बुधबार ०६:१५

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्। वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफै उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन्।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए। उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*