विषादीको असर भयावहः चिकित्सक संघले भन्यो- परीक्षण अनिवार्य गर

चिकित्सक संघ र नेपाल भेटनरी एसोसिएसनले भन्सार नाकामा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण गरेर मात्र तरकारी र फलफूल भित्र्याउन माग गरेका छन्। दुई संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै विषादीको अत्यधिक उपभोगले मुलुकमा बाँझोपना, स्मरणशक्तिमा ह्रासलगायत विभिन्न स्वास्थ्य समस्या बढदै गएको औंल्याएका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
भेटनरी एसोसिएसनका अध्यक्ष एवं ‘भेटनरी टक्सिकोलजी’ विज्ञ डा.शीतलकाजी श्रेष्ठले तरकारी र फलफूल विषादीरहित पुष्टि नभएसम्म मुलुकमा भित्रिन दिन नहुनेमा जोड दिए । ‘तरकारी आउने मुलुकको सरकारले जारी गरेको ‘फाइटो स्यानेटरी सर्टिफिकेट’ नेपालले खोजेको ढाँचामा हुनुपर्छ,’ उनले भने, ‘शंका लागे मुलुकभित्रसमेत जाँच्नुपर्छ ।’ श्रेष्ठले नेपालले क्वारेन्टाइन मापदण्ड पूरा गर्न पाउने बताए।