वर्षाले बाँके जलमग्न

जनपत्र
२५ असार २०७६, बुधबार ०६:१२

ई दिनदेखि परेको वर्षाका कारण नेपालगञ्जकाे विभिन्न स्थान जलमग्न भएकाे छ । कतिपय स्थानमा घर समेत डुबेकाे छ ।  नेपालगञ्जको फुलटेक्रा, धम्बोझी, बेलासपुर, घरबारीटोल, गणेशपुरलगायतका स्थान जलमग्न भएपछि आवागमनमा समेत कठिनाई भएकाे छ । नगरकाे नाली सफा नहुँदा डुबान भएकाे स्थानीयले बताएका छन् । उपमहानगरपालिकाले नगरमा डुबान हुन नदिन नाली सफाइलाई तीव्रता दिइएको जनाएकाे छ ।

अविरल वर्षाका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड समेत प्रभावित भएको छ । खजुरा बजारमा पेडारी नालामा पानीको सतह सडकमाथि भएर बगिरहेको छ ।  नेपालगञ्जको मनिकापुरलगायतका स्थान समेत बर्षाका कारण प्रभावित छन् । सीतापुरमा किरणनालाको पानीसमेत सडकमाथि पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*