१२ वर्षमा चट्याङ पर्ने चमत्कारी शिवलिङ्ग

दुनियामा केही चिजहरु यस्ता रहस्यमयी हुन्छन् कि त्यसको गुह्य पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ हुन्छन् ।भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । उक्त शिवलिङ्ग यस अर्थमा निकै विशेष छ कि त्यसमा १२ वर्षमा चट्याङ पर्दछ ।
चट्याङ पर्दा मन्दिरमा अरु क्षति हुँदैन, तर शिवलिङ्ग चाहिँ टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् ।
– एजेन्सीको सहयोगमा