बाजी जित्नका लागि माउसुली खाएपछि…

मान्छेले बाजी जित्नका लागि के सम्म गर्दैनन् ? बाजी जित्नका लागि गर्ने हर्कतका कारण मान्छेको ज्यान समेत जाँदो रहेछ । अष्ट्रेलियाको ब्रेसबेनमा बाजी जित्नका लागि माउसुली खाएपछि एकजना व्यक्तिको मृत्यु भएको छ ।३४ वर्षका डेभिड डुभेलले माउसुली खान सक्छु भनेर साथीहरुसँग बाजी थापेका थिए । सोही बाजी जित्नका लागि उनले माउसुली समाएर खाए ।
माउसुली खाएसँगै उनको पेटमा फित्ते जुकाको संक्रमण भयो र त्यसको १० दिनपछि उनको मृत्यु भयो । डेभिडले एक पार्टीका क्रममा साथीहरुसँग लहलहैमा माउसुली खाने बाजी थापेका रहेछन् । माउसुली खाएको अर्को दिनबाट नै बिरामी परेसँगै उनले घरपरिवार सँग आफूले छेपारो खाएको कुरा बताएका थिए । संक्रमणका कारण उनले हरियो पित्त बान्ता गर्न थालेका थिए भने उनका अण्डकोष सुन्निएर भोगटेजत्रै भएका थिए । अण्डकोषबाट पानी चुहिंदा त्यस्तो समस्या उत्पन्न हुन्छ ।
उक्त छेपारोको पेटमा निकै खतरनाक प्रजातिको फित्ते जुका हुन्छ । सोही फित्ते जुका स्तनधारीमा सर्दा त्यसले ज्यानै लिनसक्छ । डेभिडलाई पनि सोही फित्ते जुकाको संक्रमण भइ ज्यान गएको हो । उनकी पत्नी र तीनजना सन्तान छन् । माउसुली निलेकै कारण संक्रमण भएर उनको मृत्यु भएको डाक्टरहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा